आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नौ किलोभन्दा बढी चरेशसहित कैलाली बाट एक जना पक्राउ

एपी खबर २०७९ पौष १३, बुधबार (१ साल अघि) २३८ पाठक संख्या

कैलाली : नौ किलोभन्दा बढी चरेशसहित गोदावरी नगरपालिकास्थित बसपार्कबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

 

बसपार्कस्थित एक होटलमा कोठामा जिल्ला बझाङ दुर्गाथली गाउँपालिका ७ काँडाका ३६ वर्षीय यमराज दौल्याललाई पक्राउ परेका हुन्। उनको साथबाट प्रहरीले ९ केजी ३४० ग्राम चरेश बरामद गरेको प्रहरीले जनाएको हो।

 

 

विशेष सूचनाका आधारमा त्यहाँ पुगेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।बरामद गरी नियन्त्रणमा लिएको लागुऔषधबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस