आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एकिकरणको एक वर्ष, जनवर्गिय संगठन पोलिव्यूरो सकस अन्त्य , घोषणा बाँकीजनवर्गीय सङ्गठनको नेतृत्व चयनमा असन्तुष्टि

AuthorAP Khabar२०७६ जेष्ठ ३, शुक्रबार (५ साल अघि) ६८६ पाठक संख्या

जेठ ३

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता भएको शुक्रबार एक वर्ष पूरा भएको छ । गएको वर्ष दुई पार्टी एकता भएर नेपाल कम्युनिस्ट पार्टी नेकपा घोषणा गरिएको हो । माथिल्लो तहमा एकता भए पनि तल्लो तहमा भने अझै पनि एकता टुंगोमा पुगेको छैन । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकले नेकपामा २२ जनवर्गीय संगठनमध्ये धेरैजसोको भागबन्डाको टुंगो लगाएको छ । जनवर्गीय संगठनका सबै नाम टुंगो लगाएर घोषणा गर्ने तयारी छ ।

विद्यार्थी संगठनको संयोजकमा ऐन महर र सहसंयोजकमा रञ्जित तामाङ तोकिएका छन् ।
युवा संगठनमा रामप्रसाद सापकोटा ‘दीपशिखा’ संयोजक र रमेश पौडेल सहसंयोजक तोकिएका छन् । दीपशिखा तत्कालीन माओवादीको वाईसीएलका अध्यक्ष हुन् ।

महिला संगठनको संयोजक अमृता थापा र सहसंयोजक सीता पौडेल तथा मजदुर संगठनको संयोजकमा विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिम्खडा तोकिएका छन् ।

प्रवासी नेपाली मञ्च भारतको संयोजकमा लोकनाथ भण्डारी र सहसंयोजकमा ईश्वरी भण्डारीको नाममा सहमति जुटाइएको छ । प्रेसमा महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सहसंयोजक, तथा बुद्धिजीवीतर्फ दिनेशचन्द्र देवकोटा संयोजक र कृष्ण केसी उपसंयोजक तोकिएका छन् ।

यस्तै पेशागत महासंघमा विश्वनाथ प्याकुरेल संयोजक र दयाराम बस्याल सहसंयोजक तथा जनसांस्कृतिक महासंघमा खगेन्द्र राई संयोजक र सरल सहयात्री सहसंयोजकमा सहमति जुटेको छ ।

यसैगरी मुस्लिम संगठनमा सराज महमद फारुकी संयोजक र अत्तहर हुसेन फारुकी सहसंयोजक तथा दलितमा तिलक परियार संयोजक र ओमबहादुर विश्वकर्माको नाममा सहमति जुटेको छ ।

यस्तै भूपू सुरक्षाकर्मीको संगठनमा धनबहादुर चन्द संयोजक हुने भएका छन् भने सहसंयोजकको नाममा सहमति भएको छैन ।

पोलिटब्युरो आइतबार

नेकपाले पार्टी पोलिटब्युरो सदस्यको नाम र केन्द्रीय सदस्यको कार्यविभाजन आइतबार टुङ्गो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको नेकपा सचिवालय बैठकले अन्तिम निर्णय गर्न नसकेपछि जेठ ५ लाई सारिएको हो ।

गएको वर्ष जेठ ३ गते नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र)बीच एकता भएपछि यसअघि नै पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय सदस्य तथा प्रदेश कमिटी र जिल्ला कमिटी सदस्यको मात्र टुङ्गो लगाइएको छ । यसअघि इञ्जिनीयर, कानून व्यवसायी र निर्माण व्यवसायी सङ्गठनको एकता भइसके पनि अन्यको बाँकी रहेको थियो ।

जनबर्गिय संगठनको नेतृत्व चयनमा असन्तुष्टि

जनबर्गिय संगठनको नेतृत्व चयनका बिषयमा नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन ।
बिद्यार्थी संठगनको संयोजकमा एमाले निकट अनेरास्ववियूका महासचिव ऐन महर चयन भएपछि क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले आफुमाथी अन्याय भएको बताएका छन ।
अध्यक्ष तामाङले नेतृत्व चयन गर्दा विधि, पद्दती र नियम मिचेर गरिएको भन्दै आपत्ति जनाए ।
टिभी अन्नपूर्णसँगको कुराकानीमा ‘विद्यार्थी एकता गर्दा योग्यता क्षमतालाई भन्दा ‘पार्टी नेतासँगको सम्बन्धलाई आधार बनाएर जिम्मेवारी तोकिएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस