आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सरकारलाई समर्थन दिनको लागि राजपा संग प्रधानमन्त्री ओलीको आग्रह

AuthorAP Khabar२०७६ जेष्ठ ३, शुक्रबार (५ साल अघि) ४१५ पाठक संख्या

जेठ ०३
प्रधानमन्त्री केपी ओलीले राजपा नेपाललाई फेरि समर्थन दिन आग्रह गर्नुभएको छ ।

विश्व मजदुर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भन्नुभयो,‘सरकारले राम्रो काम गर्दागर्दै राजपाले समर्थन फिर्ता लिएकोमा आश्चर्य लागेको छ । ’
आफूभन्दा अघिल्लो वक्ता राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई लक्षित गर्दै ओलीले भन्नुभयो, ‘सबै मिलेर काम गर्नुपर्छ ।’ मिलेर काम गर्दा प्रगति हुने कुरा दलहरुले मजदुरबाट सिक्नु पर्ने प्रधानमन्त्री ओलीको कथन थियो ।

राजपा नेपाल सरकारमा सामेल त भएको थिएन । तर टीकापुर घटनामा अदालतले दोषी ठहर्याउँदै रेशम चौधरीलाई जन्मकैदको सजाय तोकेपछि राजपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

प्रतिक्रिया दिनुहोस