आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कांग्रेसले राष्ट्रपतिको होइन गणतन्त्रको विरोध गरिरहेका छन् : प्रधानमन्त्री ओली

AuthorAP Khabar२०७६ जेष्ठ ३, शुक्रबार (५ साल अघि) ३०३ पाठक संख्या

जेठ ०३
काठमाडौं : प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सदनमा राष्ट्रपतिको सम्बोधनको विषयमा प्रतिपक्षी दल नेपाली कांग्रेस र बुद्धिजीवीले गरेको विरोधलाई स्याल हुँइयाको संज्ञा दिएका छन् । मदन आश्रित स्मृति दिवसका अवसरमा आज विहान बल्खुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको नीति तथा कार्यक्रममा आलोचना गर्ने ठाँउ नभेटेर सम्बोधनको विषयलाई उचालिएको आरोप लगाएका हुन् ।

प्रधानमन्त्री ओलीले कांग्रेसले राष्ट्रपतिको नभएर गणतन्त्रको विरोध गरिरहेको पनि उल्लेख गरे । सरकारको आलोचनाको नाममा अनुशासनहीन र अराजक समाज निर्माणको प्रयास भइरहेको प्रधानमन्त्रीको भनाई छ । प्रधानमन्त्री ओलीले आउँदो चुनावमा नेकपाले दुई तिहाइ मत ल्याउने दाबी पनि गरे ।

सरकारले देशको हित, राष्ट्रियता र लोकतन्त्रको पक्षमा काम गरिरहेको प्रष्ट पार्दै उनले सामाजिक न्याय, समानताको पक्ष र लोक कल्याणकारी राज्यको अवधारणा अनुसार तल्लो बर्गको उत्थानका लागि काम गरिरहेको जानकारी दिए । उनले भने, ‘जनताका गास, बास र कपासको समस्या समाधान गर्न पनि सरकार लागिरहेको छ ।’

कृषिको आधुनिकीकरण, उद्योगको स्थापना, विकास, पर्यटन क्षेत्रको विकास गरेर नेपाली अर्थतन्त्रलाई सबल बनाउन उद्देश्यका साथ सरकार अघि बढेको बताउँदै अब निरपेक्ष गरिबीको रेखामुनी रहेकाहरुको संख्या बाँकी नरहने पनि उल्लेख गरे । ‘खान लाउन नपाउने अवस्था अब अन्त्य भइसकेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस