आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

निर्वाचनमा हराउनेहरु पार्टीभित्र शक्तिशाली भए: देउवा

AuthorAP Khabar२०७६ जेष्ठ ३, शुक्रबार (५ साल अघि) २७५ पाठक संख्या

जेठ ०३
काठमाडौं– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई निर्वाचनमा हराउनेहरु आफूविरुद्ध उभिएको दावी गरेका छन् । सभापति देउवाले निर्वाचनमा पार्टीलाई हराउनेहरु पार्टीभित्र बलशाली भएकाले पार्टी संकटमा फसेको तर्क पनि गरे । उनले आफूमाथि आरोप लगाउन छोडेर आगामी निर्वाचनमा पार्टीलाई जिताउने गरी काममा जुटन पनि पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिए ।

शुक्रबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको ११ औं राष्ट्रिय महाधिवेशनमा बोल्दै सभापति देउवाले निर्वाचनमा पार्टीलाई हराउने अन्तरघातीहरुलाई कार्वाही गर्न समेत आफूले पार्टीका नेताहरुबाट सहयोग नपाएको गुनासो पनि गरे । दुई कम्युनिष्ट पार्टी मिल्दा पार्टीले हारेको दोहो¥याउँदै सभापति देउवाले सो हारको दोषी आफुलाई मात्रै लाउने गरेकोमा आपत्ति पनि जनाए ।

मंचमै रहेका नेता कृष्णप्रसाद सिटौलालाई सभापति देउवाले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मिलाउनका लागि निर्वाचनका बेला वार्ताका पठाएको तर मिलाउन नसकेको पनि स्मरण गराए । उनले आफूलाई मात्रै आरोप लगाएर पार्टीका नेताहरुले गैर प्रजातान्त्रिक गतिविधि गरिरहेको आरोप पनि लगाए ।

कार्यक्रममा बोल्दै काँग्रेस नेता सिटौलाले पार्टीलाई आन्तरिक कलहबाट मुक्त गराउन सभापति देउवासँग माग गरे । उनले पार्टी कमजोर हुनुको जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्ने पनि बताए ।
नेता सिटौलाले पार्टीभित्र गुट हुनु स्वभाविकै भए पनि कलह चाही हुनै नहुने पनि स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस