आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

संविधान संसोधन नभए सरकार छाडेर सडकमा उत्रन्छौं : उपेन्द्र यादव

AuthorAP Khabar२०७६ जेष्ठ ४, शनिबार (५ साल अघि) ३०१ पाठक संख्या

४ जेठ, पोखरा । समाजवादी पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधन नभए आफ्नो पार्टी जुनसुकै बेला सडक संघर्षमा उत्रने बताएका छन् । आफूहरु सामेल हुँदा दुई तिहाइ पनि पुग्ने र संविधान संशोधनको बाटो पनि खुल्ने भएकाले सरकारमा गएको बताउँदै सहमति पूरा नभएर सडक आन्दोलनमा उत्रने बताएका हुन् ।

संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकतापछि बनेको समाजवादी पार्टीको पहिलो प्रादेशिक अभिमूखीकरण कार्यक्रममा यादवले संविधान संशोधन गरेर त्रुटी नसच्याए सडक आन्दोलनको विकल्प नभएको बताए । यादवले त्यसका लागि तयार रहन नेता कार्यकर्तालाई आह्वान गरे ।

‘अहिलेको विकृतिपूर्ण संविधानलाई संशोधनका मध्यामबाट सच्याउ, सुधार गर भनेका छौं । उसले (नेकपा) सुधाछौं भनेको छ । सहमति पनि भएको छ,’ यादवले भने, ‘त्यही आधारमा हामी सरकारका सहभागी भएका हौं ।’

सरकारमा सहभागी हुनु अघि भएको सहमति कार्यान्वयन गर्ने बेला आएको यादवले बताए । ‘आफूले गरेको वचन, हस्ताक्षर र प्रतिवद्धतामा जो कोही उभिनुपर्छ । उभिदैनन् भने जनताले के भन्ने त्यो पनि समय आउँदैछ,’ यादवले भने, ‘हामी सरकार समातिरहन गएका होइनौं, संविधान सच्याउन र पाएको अधिकारीलाई रक्षा गर्न गएका हौं ।’

संविधान संशोधन नभएर मुख्य बाटो नै सडक संघर्ष भएको उनको भनाइ थियो । ‘हामी संघर्षमै छौं । सरकारको भागिदारी पनि एउटा संघर्षकै बाटो हो । यसमा भ्रम नहोस्,’ उनले भने, ‘अबको हाम्रो यात्रा संसदीय र गैरसंसदीय पनि हुन सक्छ । सडक संघर्ष मात्रै पनि हुन सक्छ ।’

प्रतिक्रिया दिनुहोस