आज:  २०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुन्छ : प्रधानमन्त्री प्रचण्ड

एपी खबर २०८० बैशाख २९, शुक्रबार (१ साल अघि) ९३ पाठक संख्या

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताउनुभएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शुक्रवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ज्ञापनपत्र बुझ्दै उहाँले दोषीले छुट नपाओस् र निर्दोष नपरोस् भन्नेमा सरकार स्पष्ट रहेको बताउनुभएको हो ।

 

 

प्रधानमन्त्री प्रचण्डले याे प्रकरणमा भइरहेको छानबिनमा कुनै प्रभाव र दबाब पर्न नदिने प्रतिबद्धता पनि जनाउनुभयो । उहाँले वर्तमान सरकार सुशासन, समृद्धि र संविधानको कार्यान्वयनमा पूर्ण प्रतिबद्धताका साथ लागिपरेको उल्लेख गर्दै कुनै पनि प्रभाव र दबाबलाई स्वीकार नगर्ने र पछि पनि नहट्ने बताउनुभयो ।राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ सालपछिका राजनीतिक नेतृत्व र कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्नेलगायत माग समेटिएको ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाउनुभएको थियो ।

 

 

ज्ञापनपत्र बुझाएपछि सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताउनुभयो ।प्रधानमन्त्रीले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि यो महत्त्वपूर्ण अवसर रहेको भन्दै कुनै पनि कमजोरी हुन नदिने बताउनुभएको उहाँले जानकारी दिनुभयो ।रासस 

प्रतिक्रिया दिनुहोस