आज:  २०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बालकृष्ण खाँणलाई तत्काल पार्टीबाटै निलम्बन गर्नुपर्छ : गगन थापा

एपी खबर २०८० जेष्ठ ३, बुधबार (१२ महिना अघि) ९९ पाठक संख्या

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालकृष्ण खाँणलाई पार्टीबाटै तत्काल निलम्बन गर्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई पनि कारबाही गर्नबाट पछि हट्नु नहुने बताएका हुन् ।

 

महामन्त्री थापाले अनुसन्धानमा पार्टी जोडिनु नहुने बताउँदै दोषी ठहरिए सबैलाई कारबाही हुनुपर्ने बताए । महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रविरुद्धको अपराध भएको उल्लेख गरे।

उनले कुनै पनि पदमा बसेको व्यक्ति अभियोग लागिसकेपछि स्वतः निलम्बनमा पर्ने बताए। उनले पार्टीको बैठकमा यसबारे छलफल भएपनि केही नेताहरूले पार्टीको परम्परा नरहेको भन्दै पन्छिन खोजेकाले त्यसलाई तोडेर भएपनि निलम्बन गर्न आवश्यक रहेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस