आज:  २०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जनता समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक आह्वान

एपी खबर २०८० अषाढ १, शुक्रबार (११ महिना अघि) ९९ पाठक संख्या

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । विधान अधिवेशनको तयारी लगायतका विषयमा छलफल गर्न यही असार ९ गतेका लागि बैठक आह्वान गरिएको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार बैठकमा केन्द्रीय कार्यकारिणी समितिले विभिन्न समिति र सङ्ठनहरुले पठाएका सुझाव समेटेर तयार पारेको संशोधित विधानबारे छलफल हुनेछ । असार ९ गते केन्द्रीय समिति सदस्यहरूलाई पार्टी कार्यालयमा बिहान १० बजे उपस्थित हुन भनिएको छ । जसपाले यही असार १०, ११ र १२ गते काठमाडौँमा विधान अधिवेशन गर्ने भएको छ ।

 

विभिन्न समिति र सङ्गठनबाट गरी सात सय ७८ जना प्रतिनिधि विधान अधिवेशनमा सहभागी हुँदैछन् । यीमध्ये चार सय २३ जना केन्द्रीय समिति सदस्य रहेका छन् । केन्द्रीय समिति विधान अधिवेशन आयोजक समिति भएकोले जसपाका यी चार सय २३ जना केन्द्रीय सदस्य स्वतः विधान अधिवेशनका प्रतिनिधि हुने सो पार्टीको प्रावधान रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस