आज:  २०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोसीका मुख्यमन्त्री थापासहित दुई मन्त्रीले लिए शपथ

एपी खबर २०८० अषाढ २२, शुक्रबार (१० महिना अघि) ८९ पाठक संख्या

कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री थापालाई शपथग्रहण गराएका हुन् ।

 

नवनियुक्त मुख्यमन्त्री थापाले दुई मन्त्रीसहित शपथ लिएका हुन् । उनले दुई बिना विभागीय मन्त्रीसहित मन्त्रीपरिषद् विस्तार गरेका हुन् ।

 

मन्त्रीमण्डलमा नेकपा (एकीकृत समाजवादी)बाट पाँचथरका कमलप्रसाद जबेगू र नेपाली कांग्रेसबाट ओखलढुंगाका प्रदीप सुनुवार मन्त्री नियुक्त भएका छन् । उनीहरुको कार्यविभाजन बाँकी रहेकोले बिना विभागीय मन्त्रीका रुपमा शपथ ग्रहण गरेका छन् ।

 

सरकारमा जाने नजाने विषयमा नेकपा (माओवादी केन्द्र)ले निर्णय गरेको छैन । सभामुखलाई सरकारको दाबी पेशमा संलग्न गराएको विषयमा माओवादीमा विवाद देखिएको छ ।

 

सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा)ले भने पहिचानको मुद्दालाई लिखित रुपमा सम्बोधनको सुनिश्चित नगरिकन तत्काल सरकारमा नजाने निर्णय गरिसकेको छ । मुख्यमन्त्री नियुक्त हुनसाथ थापाले बिहीबार प्रदेशको नाम परिवर्तन नहुने बताए । प्रदेशको नाम परिवर्तन र बहुपहिचानसहितको नामकरण जसपाको बटमलाइन हो ।

प्रतिक्रिया दिनुहोस