आज:  २०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाली कांग्रेसका सांसद सुनिल शर्माले मांगे अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा

एपी खबर २०८० श्रावण ५, शुक्रबार (९ महिना अघि) १०४ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेका छन् । सुन तस्करी बारेको छानबिनमा सहयोग गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा दिनुपर्ने उनको माग छ ।

 

 

अर्थ मन्त्रालय मातहत रहेको राजस्व विभाग र गृह मन्त्रालय मातहतको सुरक्षा निकायले एक क्विन्टल सुन अवैध रुपमा भित्रिएको थाहा नपाउने भन्ने कुरै नहुने उनले बताए । उनले प्रधानमन्त्री मातहतको राष्ट्रिय अनुसन्धान विभागले सुन पक्रेकाे दाबी पनि गरे ।‘प्रधानमन्त्री जीवनसाथीको निधनमा शोकमा हुनुहुन्छ । यही बेला सय किलो सुन अवैध रुपमा आयो ।

 

राजस्व विभाग अर्थमन्त्रालय अन्तर्गत पर्छ । सुरक्षा गृहमन्त्रालय मतहत छ । दुवै निकायले थाहा नपाई सुन आउने कुरा हुँदैन’ प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले भने, ‘प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय अनुसन्धान विभागले नियन्त्रणमा लियो । यसका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिनुपर्छ ।’दुई मन्त्रीले बाटो खुला गरेर प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्ने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस