आज:  २०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मधेशको समृद्धि एमालेबाट मात्रै संभव रहेको :एमालेका उपमहासचिव प्रदिप ज्ञवाली

पुष्पराज खतिवडा, बारा २०८० श्रावण ६, शनिबार (९ महिना अघि) ९४ पाठक संख्या

बारा : नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले मधेशको समृद्धि एमालेबाट मात्रै संभव रहेको बताएका छन् । प्रेस चौतारी नेपाल बाराले जिल्लाको सिमरामा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले उपमहासचिव ज्ञवालीले मधेश समृद्ध नभए सम्म देशको मुहार नफेरिने बताए ।मधेशमा लामो समय नेपाली काँग्रेसले र २०६४ यता मधेश केन्दित दलहरुले राज गरिरहेपनि विकास ,स्वास्थ्य र शिक्षाको आवस्था विकट जिल्ला कर्णालीको भन्दापनि कमजोर पारिएको छ । यो मधेशका लागि दुखदायी विषय हो ,उनले भने ।

 

एमालेको स्कुल विभाग प्रमुख समेत रहेका पूर्वमन्त्री ज्ञवालीले पछिल्लो राजनैतिक घटनाक्रम र सरकार संचालन प्रति ईन्गीत गर्दै वर्तमान सरकार देश र जनताका पक्षमा नभई विदेशीको हितमा काम गरिरहेको आरोप लगाए ।प्रधानमन्त्री प्रचण्डको पछिल्लो भारत भ्रमण नेपालका हितमा भन्दा पनि भारतको ईच्छा पुरागरिदिने कडी बनेको उनको भनाई थियो । “भारतले चाहेका जलविधुत आयोजना नेपालका तर्फबाट जिम्मा लगाउने काम भयो । भारतले २७ बर्ष देखी अलपत्र पारेएको माथील्लो कर्णालीका सम्बन्धमा कुनै सम्वाद नगरि थप दुईवटा आयोजना पुन : जिम्मा लगाउने काम भएको छ” उनले भने ।

 

यस्तै सरकारले ललिता निवास र भुटानी सरणार्थी प्रकरणमा स्टन्ट गरिरहेको उनको भनाई थियो । गलत काम र भ्रष्टचारका निष्पक्ष छानविन गरिनु पदर्छ । तर पूर्वाग्रही ढंगबाट गरिने छानविनले निकास दिँदैन । पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र बाबुराम भट्टराई प्रति ईसारा गर्दै निर्णयकर्ता सत्ताको सहयात्री हुने, मोर्चा सम्हाल्ने अनी अरु दुईचार जनालाई पक्राउ गरेर जनतामा भ्रम छर्ने प्रयास भैरहेको छ, पूर्वमन्त्री ज्ञवालीले भने ।

 

भ्रस्टाचारको छानविन गर्न पहिला सरकारमा रहेकाहरु सफा हुनु पर्छ । तत्कालिन माओवादी लडाकु शिविरमा भएको घाटालाको ठुलो प्रश्न उठेको छ । त्यसको पहिला छानविन गरेर देखाईयोस् भन्न चाहन्छौं । पछिल्लो एकसय सुन बरामद प्रकरणमा सरकारमा रहेको दल एकिकृत माओवादीका उपाध्यक्ष कृष्ण बहादुर महरा, उनका छोरा प्रकाश र गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेतको नाम जोडिएर आएको छ । सोको समेत निश्पक्ष छानविन होस् ज्ञवालिले भने ।

 

यस्तै एमाले सचिव एवं मधेश प्रदेश ईन्चार्ज एवं पूर्वमन्त्री योगेश भट्टराईले मधेश प्रदेशमा यस अघिका दिनहरुमा आर्थिक बर्षका अन्तमा अनावश्यक बजेट रकमान्तरगरी खर्च गर्ने अपचलन गर्ने गरेको पाईयो । महालेखाको प्रतिवेदनले समेत मधेश सरकार र मधेशका पालिकाहरुमा बढी रकम अपचलन भएको देखाएकाले यस पटक त्यसमा नियन्त्रण गर्न एमालेले पहल गर्ने उनले बताए । मधेशको विकास र समृद्धीका लागि एमालेलाई जागरुक गर्ने अभियान सुरु भएको समेत उनले बताए ।

 

प्रेस चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा एमाले सचिव एवम् मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटव्युरो सदस्य एवम् पार्टी स्कुल संयोजक पुरुषोत्तम पौडेल, पोलिटव्युरो सदस्य एवम् विषय विज्ञ प्रशिक्षक ईश्वरी रिजाल, एमाले जितपुरसिमरा नगर अध्यक्ष भोला प्रसाद अधिकारी लगायत नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस