आज:  २०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जनमत पार्टीले बोलायो केन्द्रीय समितिको बैठक

एपी खबर २०८० श्रावण ९, मंगलबार (९ महिना अघि) १०९ पाठक संख्या

काठमाडौँ: जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । समसामयिक विषयमा छलफल गर्न भन्दै जनमत पार्टीले साउन १८ गते बस्ने गरी केन्द्रीय समितिको पूर्ण बैठक बोलाएको हो ।

 

मंगलबार जनमत पार्टीका प्रवक्ता डा. शरद्‌सिंह यादवले विज्ञप्ति जारी गरी केन्द्रीय समिति बैठक साउन १८ गते बिहीबार बिहान ७ बजेदेखि क्वालिटी ब्याङ्क्वेट, बुद्धनगरमा बस्ने जानकारी दिएका छन् ।बैठकमा उपस्थित हुँदा नागरिकता प्रमाणपत्रको प्रतिलिपी, मतदाता परिचयपत्रको प्रतिलिपी र एक प्रति पासपोर्ट साइजको फोटो ल्याउन पनि निर्देशन दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस