आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोशी प्रदेशलाई ७ विकेटले पराजित गर्दै मधेश प्रदेश बिजयी

एपी खबर २०८० पौष २८, शनिबार (३ महिना अघि) १०५ पाठक संख्या

काठमाडौँ– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले विजयी सुरुवात गरेको छ । शनिबार मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । कोशी प्रदेशले दिएको १२८ रनको लक्ष्य पछाएको मधेश प्रदेशले २०.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

 

 

मधेशको जितमा अनिल शाहले सर्वाधिक ८८ रनको महत्वपूर्ण पारी खेलेका थिए । यस अघि टस हारेर पहिला ब्याटिङ गरेको कोशी प्रदेशले ४१ ओभरमा अल आउट हुँदै १२७ रन मात्र बनाएको थियो ।अब मधेश प्रदेशले अर्को खेल सोमबार टियु मैदानमा त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ भने कोशी प्रदेशले सोमबार मूलपानी क्रिकेट मैदानमा एपीएफ क्लबसँग खेल्ने छ ।

 

प्रतिक्रिया दिनुहोस