आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

तेस्रो मनहर्वा गोल्डकप फुटबल प्रतियोगिता माघ १३ बाट हुने,बिजेताले २ लाख पुरस्कार पाउने

एपी खबर २०८० पौष २८, शनिबार (३ महिना अघि) ३१० पाठक संख्या

बारा : तेस्रो मनहर्वा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । माघ १३ गतेबाट प्रतियोगिताको आयोजना हुने मौवादेवी यूवा क्लबले शनिबार बडहर्वामा पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराएको हो । प्रतियोगितामा आयोजक सहित ८ टिमको सहभागिता रहने भएको छ । माघ २० गते सम्म चल्ने प्रतियोगितामा नव दुर्गा युवा क्लब सिमरा, हानामी बि.एफ.सि चितवन, रिगल हेटौंडा रिसोर्ट मकवानपुर, बागमती युवा क्लब सर्लाही, रौतहट एफ.सि. रौतहट, नमस्ते युवा क्लब हरिवन, बिरगंज युनाईटेड बिरगंज र आयोजक श्री मौवा देवी युवा क्लब सहभागि हुने भएका छन् ।

 

प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले एकलाख रुपैंया पुरस्कार पाउने छन् । यस्तै फेयर प्लेको आधारमा सेमि–फाईनको दुई टिम मध्ये कुनै एक टिमलाई नगद २५ हजारको फेयर प्ले अवार्ड प्रदान गरिने आयोजक जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ स्थीत श्री मौवा देवी युवा क्लबले पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ ।पहिलो प्रतियोगिताको उपाधी एपिएफ पिलुवा र दोस्रो नव दुर्गा युवा क्लब सिमराले जितेका थिए । यस्तै पहिलो प्रतियोगितामा नव दुर्गा युवा क्लब सिमरा र दोस्रोमा एपिएफ पिलुवा उपविजेता थिए ।

 

पहिलो प्रतियोगिताको पुरस्कार राशी २५ र १५ हजार रुपैयाँ थियो । भने दोस्रोमा १ लाख १ रुपैंया र ५१ हजार १ रुपैंया थियो । दोस्रो प्रतियोगिता सम्पन्न भएको ९ बर्षपछी तेस्रो मनहर्वा गोल्डकपको आयोजना गर्न लागिएको हो । जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८का अध्यक्ष चतुरबाबु वाग्लेको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष निर्मल कुमार यादव, क्लबका पूर्व अध्यक्ष बसन्त खतिवडा, खेलकुद पत्रकार मंच बाराका अध्यक्ष सुनिल गाउँले,सल्लाहकार समितिका सदस्यहरु एवं पधादिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रम मिडिया संयोजक पुष्पराज खतिवडाको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस