आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मधेस प्रदेशलाई पराजित गर्दै बागमतीले निकाले पहिलो जीत

एपी खबर २०८० माघ २, मंगलबार (३ महिना अघि) ७५ पाठक संख्या

काठमाडौं – लगातार दुई खेलमा पराजय ब्यहोरेको बागमती प्रदेशले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । स्पीनर सूर्य तामाङको उत्कृष्ट प्रदर्शनमा बागमीले मधेश प्रदेशविरुद्ध ८६ रनको जित निकालेको हो ।

 

 

मूलपानी क्रिकेट मैदानमा जितका लागि १९१ रनको लक्ष्य पछ्याएको मधेशलाई १०४ रनमा अलआउट गर्न तामाङले ह्याट्रिकसहित ६ विकेट लिए । जारी प्रतियोगितामा ह्याट्रिक विकेट लिने तामाङ एक्लो खेलाडी हुन ।

तामाङले २९ औं ओभरको पहिलो बलमा रुपेश सिंहलाई २ रनमा बोल्ड गरे । दोस्रो बलमा राजेश यादवलाई विकेट किपर रबिन जोशीको हातबाट स्टम्पिङ्ग गराएका सूर्यले तेस्रो बलमा सांसद अन्सारीलाई प्रतिक श्रेष्ठको हातबाट क्याच आउट गराए । त्यसपछि २ बल डट फालेका सूर्यले रञ्जितकुमारलाई एलबीडब्लूको धरापमा पार्दै एकै ओभरमा ४ विकेट लिए ।

 

 

मधेशका पवन सराफले ४५ र मयन यादवले ३१ तथा निरज यादवले नट आउट १५ रन बनाउनु बाहेक अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बागमतीका प्रतिश जिसी र इशान पाण्डेले समान २ विकेट लिए । यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले ४९.२ ओभरमा अलआउट हुँदै १९० रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस