आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्री कप : बाग्मती प्रदेशले विभागीय टोलि त्रिभुवन आर्मी क्लबलाई हरायो

एपी खबर २०८० माघ ३, बुधबार (३ महिना अघि) ६३ पाठक संख्या

काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियाेगितामा बाग्मती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई हराएको छ ।आज भएको खेलमा बाग्मतीले आर्मीलाई ३ विकेटले हरायो । आर्मीले दिएको ९८ रनको सामान्य लक्ष्य बाग्मतीले २२ ओभर १ बलमा ७ विकेट गुमाएर भेटायो । बाग्मतीका अशोक पौडेल र प्रतिज जीसीले समान २१ रन बनाए । आर्मीका सोमपाल कामीले ३ विकेट लिए ।

 

यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आर्मी २७ ओभर १ बलमा ९७ रनमा अल आउट भयो । आर्मीका कप्तान विनोद भण्डारीले सर्वाधिक २८ रन बनाए । बाग्मतीका सूर्य तामाङले ५ विकेट लिए । यो जितसँगै बाग्मती ४ खेलमा ४ अङ्क जोड्दै तालिकाकाे चाैथाे स्थानमा उक्लिएकाे छ । आर्मी २ खेलमा २ अङ्कसहित पाँचाैँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस