आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा उपमहानगरपालिका वडा न ७ द्वारा खेलकुद सामाग्री बितरण

एपी खबर २०८० माघ ४, बिहिबार (३ महिना अघि) १८८ पाठक संख्या

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा न ७ को कार्यालयले एक कार्यक्रमको बीच आफ्नो वडामा खेलकुद सामाग्री वितरण गरेको छ । वडाले आफ्नो आ व ०८०/०८१ को खेलकुद बजेट बाट फुटबल खेल तथा खेलाडिहरुलाई प्रोत्साहन गर्न खेलकुद सामाग्री बितरण गरेको छ। सो खेलका लागी आवश्यक बुट,जुराफ,प्याड २५/२५ सेट ,फुटबल, कोन,मार्कर, बिप, ग्लोब्स लगायतका करिब ५०,००० मुल्यको सामाग्री बितरण गरेको हो।

 

केहि बर्ष देखि खस्किदै आएको यँहाको फुटबल खेल लाई पुनः उकास्ने लक्ष्यको साथ खेलाडीलाई खेलकुद सामाग्री वितरण गरिएको वडा सदस्य नविन मैनालीले बताए।जीतपुरका स्थानिय सिनियर खेलाडि समर खडकाले वडाको तर्फबाट ४५ दिनको प्रशिक्षण समेत दिने भएका छन। फुटबल खेलमा पुरै मनले लाग्न र मेहनत गरि खेलेर आफ्नो र आफ्नो ठाउको गरिमा बढाउनको लागि वडा सदस्य नबिन मैनालीले खेलाडीहरु संग आग्रह गरे ।

 

फुटबल खेल लगाएत भलिबल, क्रिकेट, सितोरियो कराते लगायतका खेलहरुमा पनि वडाले निरन्तर लगानी/सहयोग गरिरहेको छ, पहिलो आ व ०७९/८० को खेलकुद बजेटवाट वडाले सितोरियो कराते खेलको जिल्ला स्तरिय प्रतियोगितामा करिब १ लाख ६० हजारको सामाग्री बितरण गरेको थियो। साथै क्रिकेट खेलका लागी करिब ५० हजारको सामाग्री , फुटबल खेलका लागी पटक/पटक गरि २५ हजारको सामाग्री, भलिबल खेलका लागी करिब २५ हजारको सामाग्री बितरण गरेको थियो। साथै देशको प्रतिनिधित्व गर्दै अन्तरराष्ट्रिय खेलमा सहभागी भएका खेलाडीहरुलाई २५ हजार आर्थिक सहयोग गरेको थियो। उक्त सामाग्री बितरण कार्यक्रममा वडाको तर्फ बाट सदस्य नविन मैनाली, प्रशिक्षक समर खडका, भेट्रान खेलाडी राजकुमार राई लगाएत फुटबल खेलाडीहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस