आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा मधेश प्रदेशको चौथो जीत

एपी खबर २०८० माघ ८, सोमबार (३ महिना अघि) १८० पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा मधेश प्रदेशले चौथो जित निकालेको छ । आज भएको खेलमा मधेश प्रदेशले सुदूरपश्चिमलाई ८० रनले हराउँदै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । मधेशले दिएको ३२० रनको विशाल लक्ष्य पछ्याएको सुदूरपश्चिम ४५ ओभरमा २३९ रनमा अलआउट भएपछि मधेशले चौथो जित निकालेको हो ।

 

सुदूरका लागि नरेन भट्टले शानदार शतक प्रहार गरेपनि टिमलाई जिताउन सम्भव भएन । १२२ बलको सामना गरेका उनले ९ चौका र १ छक्का हिर्काउँदै १२१ रन जोड्न सफल भए । भट्टले जोडेको यो रन यस संस्करणको एउटै खेलमा बनेको एक खेलाडीको सर्वाधिक रन हो । त्यस्तै नारायण जोशीले २६ रन थप्दा किरण ठगुन्नाले २०, नरेन साउदले १८ र गजेन्द्र बोहराले १२ रन थपे । बलिङतर्फ मधेशका राजेश यादव र प्रदीप पासवानले समान ३ तथा रञ्जित कुमारले २ विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस