आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मधेशद्वारा गण्डकी प्रदेश १ सय ४५ रनले पराजित

एपी खबर २०८० माघ ११, बिहिबार (३ महिना अघि) १२३ पाठक संख्या

काठमाडौं। प्रधानमन्त्री कप क्रिकेटमा मधेस प्रदेशले गण्डकी प्रदेशलाई १४५ रनको फराकिलो अन्तरमा पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ३३६ रनको उच्च लक्ष्य पछ्याएको गण्डकी ३९.५ ओभरमा मात्र १९० रनमा समेटिएपछि मधेस फराकिलो जित निकाल्न सफल भएको हो । जितपछि उसको १० अंक भएको छ । जारी प्रतियोगितामा एकमात्र अपराजित नेपाल पुलिस क्लब र बागमती प्रदेशसँग अंक बराबरी गरे पनि मधेस रनरेटका आधारमा तेस्रो स्थानमा छ । हारपछि पनि गण्डकी भने ४ अंकमा तालिकाको आठौं स्थानमा कायम छ ।

 

मधेसले दिएको ३३६ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकीका कुनै ब्याटरले क्रिजमा उल्लेख्य पारी खेल्न सकेनन् । उसका लागि ईश्वर क्षेत्री र कमल परियारले समान २७ रन बनाए । जारी प्रतियोगितामा गण्डकीलाई चौथो हार चखाउने क्रममा रन्जित कुमारले ४, हरिशंकर शाहले ३, प्रदीप पासवानले २ र राजेश यादवले १ विकेट लिए ।यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मधेसले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३३५ रनको उच्च योगफल तयार पारेको थियो ।

 

अनिल साहले १२७ र अरनिको यादवले नटआउट ६३ रन बनाएपछि मधेस उच्च योगफल बनाउन सफल भयो । दोस्रो ओभरको पहिलो बलमा क्याप्टेन हरिशंकर शाहलाई व्यक्तिगत २ रनमा गुमाए पनि दोस्रो विकेटका लागि अनिलले मयन यादवसँग सतकीय साझेदारी गर्दै मधेसको इनिङ्स सम्हालेका थिए । मयन २७ रनमा आउट भए । पवन सर्राफले ४० र रुपेश सिंहले ३२ रनको योगदान गर्दा अभिशेख तिवारी २७ रनमा अविजित रहे ।

प्रतिक्रिया दिनुहोस