आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्री कप : त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ९७ रनले हरायो

एपी खबर २०८० माघ १५, सोमबार (३ महिना अघि) १६५ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ९७ रनले हराएको छ । टियु क्रिकेट मैदानमा आर्मीले दिएको २६३ रनको लक्ष्य पछ्याएको सुदुर ४०.१ ओभरमा १६५ रनमा अलआउट भयो । सुदूरका लागि किरन ठगुन्नाले सर्वाधिक ६८ रन बनाए । शेर मल्लले २४ रन बनाउँदा अन्य ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन् ।

 

आर्मीका लागि जितेन्द्र मुखियाले ५ विकेट लिए । सोमपाल कामीले २ विकेट लिँदा भन्द बसिर अहमद, शाहब आलम र कुशल मल्लले समान १-१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको आर्मी ४८.३ ओभरमा २६२ रनमा अलआउट भयो । आर्मीका लागि कुशल मल्लले सर्वाधिक ७५ रन बनाए । बसिर अहंमद ३६ रनमा आउट भए । सुदूरका लागि भोजराज भट्ट एक्लैले ६ विकेट लिए । नरेन साउदले ३ र बिकाश आग्रीले १ विकेट लिए । जारी प्रतियोगितामा आर्मी ८ खेलमा ६ जित सहित १२ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस