आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट ;एपिएफ क्लब बिजयी

एपी खबर २०८० माघ १६, मंगलबार (३ महिना अघि) १४४ पाठक संख्या

काठमाडौँ : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले हराएको छ । सुदूरपश्चिमले जितका लागि दिएको ८८ रनको सामान्य लक्ष्य एपिएफले १४ दशमलव एक ओभरमा सात विकेट गुमाउँदै पूरा गर्‍यो । उसका लागि सन्दीप जोराले १८, आसिफ सेखले १५, भुवन कार्कीले १४, प्रदीप ऐरीले १२ तथा लोकेश बमले ६ रन जोडे ।

 

सुदूरपश्चिमका लागि दीपक चन्दले चार र नरेन साउदले तीन विकेट लिए । त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १६ दशमलव दुई ओभरमा ८७ रनमा अलआउट भयो । उसका लागि नारायण जोशीले २५ बलमा तीन छक्का र तीन चौका प्रहार गर्दै अविजित ३१ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा समेत रन बनाउन सकेनन् । सुदूरपश्चिमलाई सस्तैमा समेट्नेक्रममा एपिएफका लागि चन्दन रामले पाँच विकेट लिए ।

 

यस्तै, भुवन कार्की तीन र कप्तान रोहित पौडेलले दुई विकेट झारे । यो जितपछि एपिएफले ८ खेलबाट कुल १० अंक जोडेको छ ।सुदूरपश्चिमलाई हराएपछि एपिएफको फाइनल सम्भावना पनि जीवितै रहेको छ । त्यसका लागि अब उसले बाँकी रहेको एक खेल जित्नुका साथै त्रिभुवन आर्मी क्लबले आफ्नो अन्तिम खेलमा हारको सामना गर्नुपर्ने समीकरण बनेको छ ।अहिले दोस्रो स्थानमा रहेको आर्मीको ८ खेलमा १२ अंक छ ।

प्रतिक्रिया दिनुहोस