आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबलाई

एपी खबर २०८० माघ २०, शनिबार (२ महिना अघि) ११४ पाठक संख्या

काठमाण्डाै – प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो । आर्मीले दिएको एक सय ८२ रनको लक्ष्य पुलिसले ३७ ओभर ५ बलमा चार विकेट गुमाएर पूरा गर्यो । पुलिसका लागि शङ्कर रानाले ६२ रन बनाए ।

 

आर्मीका लागि जितेन्द्र मुखिया, कुशल मल्ल, शहाव आलम र बसिर अहमदले एक–एक विकेट लिए । त्यसअघि ब्याटिङ गरेको आर्मीले ४९ ओभर ५ बलमा सबै विकेट गुमाएर एक सय ८१ रन बनाएको थियो । आर्मीका लागि विवेक यादवले ६३ रन बनाए ।पुलिसका ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले तीन–तीन विकेट लिए ।

प्रतिक्रिया दिनुहोस