आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वेस्ट इण्डिजविरुद्ध अस्ट्रेलियाको रोमाञ्चक जित, वार्नरको उत्कृष्ट ब्याटिङ

एपी खबर २०८० माघ २६, शुक्रबार (२ महिना अघि) २०२ पाठक संख्या

काठमाण्डाै – वेस्ट इन्डिजसँगको पहिलो टी–२० क्रिकेटमा घरेलु टाेली अस्ट्रेलिया विजयी भएकाे छ । हाेबार्टमा आज भएकाे खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ११ रनले हरायाे । अस्ट्रेलियाले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर २ सय २ रनमात्र बनाउन सक्यो । वेस्ट इन्डिजका ब्रान्डन किङले ५३, जोनसान चार्ल्सले ४२, जेसन होल्डरले नट आउट ३४ रन बनाए । अस्ट्रेलियाका एडम जम्पाले ३ विकेट लिए ।

 

यसअघि टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर २ सय १३ रन बनायो । अस्ट्रेलियाका डेभिड वार्नरले ७० रन बनाए । वेस्ट इन्डिजका आन्द्रे रसेलले ३ विकेट लिए । वार्नरको यो १०० औँ टी–२० खेल हो । उनी क्रिकेटको ३ वटै फर्म्याटमा १०० औँ खेल खेल्ने पहिलो अस्ट्रेलियाली ब्याटर बनेका छन् । यसअघि न्युजिल्यान्डका रस टेलर र भारतका विराट कोहलीले यो उपलब्धि हासिल गरेका थिए । ३ खेलको टी–२० शृङ्खलाको दोस्रो खेल पर्सि आइतवार र अन्तिम खेल मङ्गलवार हुनेछ । यसअघि भएको ३ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा अस्ट्रेलियाले ‘क्लिन स्वीप’ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस