आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आईसीसी क्रिकेट विश्वकप लिग- २:नेपाल नामिबियासँग ४ विकेटले पराजित

एपी खबर २०८० फागुन ३, बिहिबार (२ महिना अघि) १५१ पाठक संख्या

काठमाडौँ। नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ । आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको पहिलो खेलमा नामिबियाले नेपाललाई ४ विकेटले पराजित गरेको हो । नेपालले दिएको १३३ रनको लक्ष्य पछाएको नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि सोमपाल कामीले ३, ललित राजबंशीले २ तथा रोहित पौडेलले एक विकेट लिएका थिए ।

 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ४१.१ ओभरमा १३२ रन बनाएर अलआउट भएको थियो । नेपालका भीम सार्कीले सर्बाधिक ४४ रन बनाएका थिए । त्यस्तै गुलशन झाले २१, कुशल मल्लले १५, पवन सराफले १२, अनिल शाहले ८, करण केसीले १६, आसिफ सेखले ४, सोमपाल कामीले २, कप्तान रोहित पौडेलले १ रन बनाएका थिए । त्यस्तै नामिबियाका बलर गेर्हार्ड एरासमसले सर्बाधिक ५ विकेट लिएका थिए भने रुबेन ट्रम्पेलम्यान र ज्याक ब्रासेलले २-२ विकेट लिएका थिए । त्यस्तै जान निकोलले एक विकेट लिएका थिए । योसँगै लिग-२ मा नामिबियाले २ महत्वपूर्ण अंक हासिल गरेको छ । अब यस सिरिजको अर्को खेल आगामी शनिबार नेपाल र नेदरल्याण्डसविरुद्ध हुने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस