आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चौथो हरपुर क्रीकेट च्याम्पियन ट्रफी फाल्गुन १९ गते देखि हुने

एपी खबर २०८० फागुन ४, शुक्रबार (२ महिना अघि) २६० पाठक संख्या

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न २४ मा चौथो हरपुर क्रीकेट च्याम्पियन ट्रफी फाल्गुन १९ गते देखि हुने भएको छ।हरपुर क्रीकेट क्लब हरपुरको आयोजना तथा जीतपुरसिमरा उपमहानगरपालिकाको आर्थिक सहयोगमा उक्त प्रतियोगिताको आयोजना हुने भएको छ।पहिलादेखी नै हरपुर क्रीकेट क्लबले खेलाडी उत्पादन गर्दै आईरहेकोले यस बर्ष पनि क्रीकेट च्याम्पियन ट्रफीको आयोजना गरेको क्लबका अध्यक्ष सेराजुल अन्सारीले बताए।

आयोजकले अहिले प्रतियोगिताको तयारी धमाधम गरिरहेको छ।चौथो हरपुर क्रीकेट च्याम्पियन ट्रफीको लागि हरपुर क्रीकेट क्लबको टिम बनाउने पर्ने भएकोले यस बर्ष उपमहानगर भरिकै खेलाडिलाई सेलेक्ट गरेर टिम बनाउने अध्यक्ष अन्सारीले बताए। हरपुर क्रीकेट क्लबको टिम बाट खेल्नको लागि उपमहानगर भित्र क्रीकेट खेलिरहेकाहरुले सोमबार 9807270296 ,9804267389 नम्बरमा आयोजकले सम्पर्क गर्न खेलाडीहरु संग आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस