आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

क्यानडा–११ सँग पराजित भयो नेपाल ‘ए’ टोली

एपी खबर २०८० फागुन ६, आईतबार (२ महिना अघि) २१३ पाठक संख्या

काठमाडौं । क्यानडाले नेपाल ए क्रिकेट टिमलाई पराजित गरेको छ । आइतबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा क्यानडाले नेपाल ए लाई ४ विकेटले पराजित गरेको छ । नेपाल ए ले दिएको २१७ रनको लक्ष्य पछाएको क्यानडाले ४९.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । यस अघि मुलपानी क्रिकेट मैदानमा जारी खेलमा पहिला ब्याटिङ गर्दै नेपाल ए ले ५० ओभरमा ८ विकेट गुमाउदै २१६ रन बनाएको थियो ।

 

नेपाल ए का लागि बषिर अहमदले अविजित ५० रन बनाएका थिए भने राशिद खानले ४० रन बनाएका थिए । त्यस्तै मयन यादवले ३५, किरण ठगुन्नाले २५, बिबेक यादवले २१ रनको योगदान दिएका थिए । त्यस्तै क्यानडा- ११ का बलर साद बिन जाफरले सर्बाधिक ३ विकेट लिएका थिए भने इश्वरजोत सोहीले २ विकेट लिएका थिए । योसँगै ३ खेलको सिरिजमा क्यानडा १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल फेब्रुअरी २० मा दोस्रो र फेब्रुअरी २२ मा तेस्रो खेल हुने छ ।

प्रतिक्रिया दिनुहोस