आज:  २०८१ पौष २९, सोमबार | Mon, 13, Jan, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

परोहा -६ मा वडा प्रीमियर लिगको उदघाटन बसन्तपट्टि टिमको विजयी सुरुवात

एपी खबर २०८० फागुन १६, बुधबार ( १० महिना अघि) १३६ पाठक संख्या

रौतहट : रौतहट जिल्लाको परोहा नगरपालिका वडा नम्बर -६ बसन्तपट्टिमा वडा प्रीमियर लिग क्रीकेट मैचको उद्घाटन गरिएको छ। बुधवार वडा अध्यक्ष राम विलाश जैसवारले वडा प्रीमियर लिगको उदघाटन गरेका हुन ।

 

 

प्रीमियर लिग क्रीकेट मैचको उद्घाटन गर्दै वडाध्यक्षले प्रीमियर लिगमा खेल्ने सम्पुर्ण खेलाडीहरुको उज्वल भविष्यको कामना सहित शुभकामना दिएको थियो ।वडामा रहेको युवा खेलाडिहरुको मनोबल बढाउन तथा खेलाडिहरु भित्र रहेको प्रतिभालाई बिकास गर्न यो वडा प्रीमियर लिगको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष अनिल पटेलले बताए ।

 

 

वडा प्रीमियर लिगको विजेताले बीस हजार र उप-विजेताले १० हजार नगद सहित ट्रफी ,मेडेल लगायत आकर्षक उपहार पाउने आयोजक समितिका शनि पटेलले बताए ।अनुमानित १५ दिन सम्म चल्ने यो वडा प्रीमियर लिगको उदघाटन समारोहका प्रमुख अतिथि राम विलास जैसवार रहेका थिए भने विशिष्ट अतिथिमा गान्धी पटेल , राजेश पटेल , हर्चन पैसवान र अतिथिका रुपमा रामनाथ ठाकुर , श्याम कुमार साह , अच्छे लाल पटेल लगायतका हजारौ जनसमुदायका उपस्थिती रहेको थियो ।

 

 

उदघाटन खेलमा बसन्तपट्टि र भेडिया टिम खेलेको थियो । अलआउट हुँदै भेडियाहिले ८८ रन बनाउदा बसन्तपट्टि टिमले ८९ रनको लक्ष्य पाएका थिए । ८९ रनका लक्ष्य पाएका बसन्तपट्टिले आफ्नो लक्ष्य पछ्याउदै ७ ओभरमै खेल जितेका थिए ।बुधवार भएको उदघाटन खेलमा बसन्तपट्टी टिमका लागि ५० रनको योगदान सहित खेल जिताउनमा अहम भुमिका निर्वाह गरेका मनि कुमार पटेल मैन अफ द मैंच बनेका थिए ।

प्रतिक्रिया दिनुहोस