आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेशनल इन्फोटेच कलेज बिरगंज र युथ क्लब अफ गरुडा बिजयी

एपी खबर २०८० फागुन २१, सोमबार (१ महिना अघि) २९० पाठक संख्या

बारा :बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-२४ हरपुरमा जारि चौथो जीतपुरसिमरा हरपुर क्रिकेट च्याम्पियन्स ट्रफीको दोश्रो दिनको खेलमा नेशनल इन्फोटेच कलेज बिरगंज र युथ क्लब अफ गरुडा बिजयी भएको छ ।सोमबार भएको पहिलो खेलमा हरपुर क्रिकेट क्लबले टस जितेर ब्याटिङ्ग रोजेको थियो ।हरपुर क्रिकेट क्लबले १२.२ ओभरमा अलआउट हुदैं ३३ रङ बनाएको थियो ।

३४ रनको लक्ष्य पछ्याउन ग्राउण्डमा उतरेका नेशनल इन्फोटेच कलेज बिरगंजले ५.५ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्या भेटाएको थियो ।त्यतै सोमबार भएको अर्को खेलमा युथ अफ गरुडाले मकवानपुर् क्रिकेट क्लबलाई १ विकेटले पराजित गरेको छ ।टस जितेर पहिला ब्याटिङ्ग रोजेको मकवानपुर क्रिकेट क्लबले निर्ह्दारित २० ओभरमा ९ विकेटको क्षतिमा १५० रन बनाएको थियो ।मकवानपुर क्रिकेट क्लबको तर्फ बाट शुभम कन्सकरले ७६ र रामनरेश गिरीले २४ रन बनाएको थियो भने गरुडाका डब्लु मलिकले २ विकेट हात पारेको थियो ।

१५१ रनको लक्ष्य पछ्याउन ग्राउण्डमा उतरेका युथ अफ क्लब गरुडाले १९.३ ओभरमा ९ विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो ।युथ अफ क्रिकेट क्लब गरुडाको तर्फ बाट दिनेश अधिकारीले सर्वाधिक ४६ रनको योगदान दिएको थियो ।लक्ष्य पछ्याउने क्रममा गरुडा टिमको तर्फ बाट जितका लागि नितेश यादवलेखेलको आक्रमक १६ बलमा अविजित रहदै २९ रनको पारि खेले। जीतपुरसिमरा उपमहानगरपालिकाको आर्थिक सहयोग र हरपुर क्रिकेट क्लबको आयोजनामा चौथो जीतपुरसिमरा हरपुर च्याम्पियन्स ट्रफी खेल हरपुरमा भईरहेको छ ।प्रतियोगिता फाल्गुन २६ गते सम्म चल्ने छ बिजेतालाई ५० हजार र उपविजेतालाई ३० हजार रुपैयाँ पुरस्कारको व्यवस्था रहेको हरपुर क्रिकेट क्लबको अध्यक्ष सेराजुल अन्सारीले बताए ।

प्रतिक्रिया दिनुहोस