आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चौथो हरपुर क्रिकेट च्याम्पियन्स ट्रफी: कलैया र चितवन बिजयी

अखिलेश कुमार यादव २०८० फागुन २२, मंगलबार (१ महिना अघि) २२१ पाठक संख्या

बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-२४ हरपुरमा भईरहेको चौथो जीतपुरसिमरा हरपुर क्रिकेट च्याम्पियन्स ट्रफीको मंगलबारको खेलमा कलैया क्रिकेट क्लब कलैया र चितवन क्रिकेट क्लब चितवन बिजयी भएको छ ।मंगलबार बिहान भएको पहिलो खेलमा कलैया क्रिकेट क्लबले युथ क्लब अफ गरुडा रौतहटलाई १८ रनले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ । टस हारेर पहिला ब्याटिङ्गको निम्तो पाएको कलैया क्रिकेट क्लबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १४६ रन बनाएको थियो ।कलैयाका लागि ओपनर निरज यादवले २७ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ३१ रन बनाए । यसैगरी कलैयाका तृतराज दासले ३९, अरनिको यादवले २८, निखिल सिंहले १३, महमद साइद अलिले १२ र साहिल पटेलले आठ रन बनाए । बलिङतर्फ गरुडाका लागि सन्नी साह, नितेश यादव, धर्मेन्द्र साह र डब्लु मल्लिकले समान एक–एक विकेट लिए ।

 

१४७ रनको लक्ष्य पछ्याउन ग्राउण्डमा उतरेको युथ क्लब अफ गरुडाले २० ओभर खेल्दै १२८ रन मात्र बनाउन सफल भएको थियो । गरुडाका लागि ओपनर अरविन्द चौधरीले ४७ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै ४८ रन बनाएको थियो । यसैगरी सोभेन्द्र पासवानले २०, शैलेन्द्र कुशवाहाले १३, धर्मेन्द्र साहले ११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।जित संगै कलैया क्रिकेट क्लबले सेमिफाइनलमा आफ्नो स्थान बनाउन सफल भएको छ ।कलैया क्रिकेट क्लबका निरज यादव मैन अफ द मैच घोषित भए ।

 

त्यस्तै मंगलबार अपरान्ह सुरु भएको दोश्रो खेलमा चितवन क्रिकेट क्लबले टस जितेर ब्याटिङ्ग रोज्दै निर्ह्दारित २० ओभरमा १४ विकेटको क्षतिमा १७९ रन बनाएको थियो ।चितवनको जीतको लागि विकल गुप्ताले २५ बलमा ३ चौका र १ छाका सहित ४३ रन बनाए ।यसैगरी चितवनका प्रतिक श्रेष्ठ अविजित रहदै ४२ ,जेनिश महत ४० ,सनम बुढाथोकी २१ रन बनाए ।बलिङ्ग तर्फ हरपुर क्रिकेट क्लबका हसरत अलि २,अनिल खडका ,आशिक देवान सम्मान १ विकेट लिए ।

१८० रनको लक्ष्य पछ्याउन ग्राउण्डमा उत्रेका हरपुर क्रिकेट क्लबले १७.१ ओभरमा अलआउट हुदैं ७२ रन मात्र बनाउन सकेको थियो ।हरपुर क्रिकेट क्लबका तर्फ बाट अजय पटेल १८,हसरत अलि १३,राजीव यादव १३ रन बनाएको थियो ।चौथो जीतपुरसिमरा हरपुर क्रिकेट च्याम्पियन्स ट्रफी २०८० फाल्गुन २६ गते सम्म चल्ने छ भने जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा उक्त प्रतियोगिता संचालन भईरहेको आयोजक हरापुर्क्रिकेट क्लबका अध्यक्ष सेराजुल अन्सारीले बताए ।प्रतियोगिताको बिजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजार पुरस्कार पाउनेछ ।

 

प्रतिक्रिया दिनुहोस