आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

टी – २० विश्वकप तयारीको लागि नेपाली क्रिकेट टिमलाई सरकारले ५ करोड दिने

एपी खबर २०८० फागुन २३, बुधबार (१ महिना अघि) १३९ पाठक संख्या

काठमाडौँ : टी-२० विश्वकप क्रिकेटको तयारीका लागि सरकारले ५ करोड बजेट विनियोजन गरेको छ। आगामी जुनमा अमेरिका र वेष्टइण्डिजमा हुने प्रतियोगितामा सहभागिताको तयारीका लागि सरकारले ५ करोड उपलब्ध गराउन लागेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

 

बजेट दिएको भन्दै क्यानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङलाई आभार व्यक्त गरेको छ। नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषदको यस साथ र सहयोगले समग्र नेपाली क्रिकेटको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास क्यानले व्यक्त गरेको छ। आगामी १ जुनदेखि २९ जुनसम्म हुने प्रतियोगितामा नेपालसहित २० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस