आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चौथो हरपुर क्रिकेट च्याम्पियन्सको फाईनलमा गरुडा र कलैया भिडने

अखिलेश कुमार यादव २०८० फागुन २४, बिहिबार (१ महिना अघि) १७२ पाठक संख्या

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा जारि रहेको चौथो जीतपुरसिमरा हरपुर क्रिकेट च्याम्पियन्स ट्रफीको फाईनलमा युथ क्लब अफ गरुडा रौतहट र कलैया क्रिकेट संघ बारा प्रवेश गरेको छ ।कलैया क्रिकेट क्लब बाराले चितवन क्रिकेट क्लबलाई ६ विकेटले हराउदै फाईनलमा प्रवेश गरेको छ भने युथ क्लब अफ गरुडा रौतहटले नेशनल इन्फोटेच कलेज बिरगंजलाई ८ विकेटले हराउदै फाईनलमा आफ्नो स्थान बनाउन सफल भएको छ ।

बिहिवार भएको पहिलो खेलमा चितवन क्रिकेट क्लबले टस जितेर पहिला ब्याटिङ्ग रोजेको थियो ।१६.२ ओभरमा सम्पूर्ण विकेटको क्षतिमा चितवन क्रिकेट क्लबले मात्र ७४ रन बनाउन सकेको थियो ।चितवनको तर्फ बाट विकल गुप्ताले ६ वल खेल्दै २ छाका र २ चौकाको मद्दतले सर्वाधिक २१ रन बनाएको थियो ।त्यस्तै क्रिजन गुरुङ्ग १८,सनम बुढाथोकीले १२ रन बनाएको थियो भने अन्य ब्याट्समैनले दोहोरो अंकमा रन जोड्न सकेन् ।बलिङ्ग तर्फ भुलावन सहनी २,कुमार थापा २,शंकर पौडेल,सेराजुल अन्सारी,निखिल सिंहले समान १/१ विकेट हात पारेको थियो ।७५ रनको लक्ष्या पछ्याउन ग्राउण्डमा उत्रेका कलैया क्रिकेट क्लब कलैयाले १५.१ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो ।कलैया क्रिकेट क्लबको तर्फ बाट निखिल सिंहले २९ बलमा ४ चौका र २ छाकाको मद्दतले ३५ रन बनाएको थियो ।त्यस्तै मेघराज महराले २४ रन बनाएको थियो ।चितवनका तर्फ बाट बलिङ्गमा दिपेश श्रेष्ठ २,दैनिल एकवाल,नरेश प्रधानले सम्मान १/१ विकेट हात परेको थियो ।फाइनल खेल शनिवार कलैया क्रिकेट क्लब कलैया र युथ क्लब अफ गरुडाको बीच हुनेछ ।प्रतियोगिताको बिजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजार रुपैयाँ पुरस्कार पाउने हरपुर क्रिकेट क्लबका अध्यक्ष सेराजुल अन्सारीले बताए ।

प्रतिक्रिया दिनुहोस