आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चौथो हरपुर क्रिकेट च्याम्पियन्स ट्रफीको उपाधि कलैयालाई

अखिलेश कुमार यादव २०८० फागुन २६, शनिबार (१ महिना अघि) १६९ पाठक संख्या

बारा : कलैया क्रिकेट क्लब कलैया बाराले जीतपुरसिमरा चौथो हरपुर क्रिकेट च्याम्पियन्स ट्रफीको उपाधी उचालेको छ । जीतपुरसिमरा २४ स्थित हरपुर क्रिकेट मैदानमा शनिवार भएको फाइनल खेलमा युथ क्लब अफ गरुडा रौतहटलाई ६ विकेटले पराजित गर्दै कलैयाले उपाधी उचालेको हो ।टस जितेर पहिला ब्याटिङ्ग रोजेको युथ क्लब अफ गरुडा रौतहटले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४८ रन बनाएको थियो ।गरुडाका लागि डब्लु मलिकले ३४ बलमा ३ छाका र ६ चौकाको मद्दतले ६० रन बनाएको थियो ।यसैगरी गरुडाका सोबेन्द्र पासवान १५ अरविन्द चौधरी १९ रन बनाएको थियो ।बलिङ्ग तर्फ कलैयाका एराज हवारी ३ शंकर पौडेल २ कुमार थापा ,निखिल सिंह र रोहण साहले सम्मान १/१ विकेट हात पारेको थियो ।१४९ रनको लक्ष्य पछ्याउन ग्राउण्डमा ब्याटिङ्गका लागि उत्रेका कलैया क्रिकेट क्लब कलैयाले १९ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेताएको थियो ।कलैयाको जितको लागि निरज यादवले ३९ बलमा ७ चौका र ४ छाकाको मद्दतले सर्वाधिक ५९ रन बनाएको थियो ।यसैगरी कलैयाको तर्फ बाट निखिल सिंह अविजित रहदै ४७ रन ,र मेघराज महराले १५ रन बनाएको थियो ।उपाधीसंगै कलैयाले ५० हजार नगद प्राप्त गरेको छ भने गरुडाले ३० हजार हात पारेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बाराका निरज यादव घोषित भएका छन् । उनले पाँच हजार नगद प्राप्त गरेका छन् । यसैगरी प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान चितवनका विकल गुप्ता घोषित भएका छन् ।विजेता तथा उपविजेता खेलाडीलाई मधेस प्रदेशसभा सदस्य देवनाराण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल नगर उपप्रमुख भोलाप्रसाद अधिकारीलगायतले पुरस्कार वितरण गरेका थिए । जीतपुरसिमरा उपमहानगरपालिकाको आर्थिक सहयोग र हरपुर क्रिकेट क्लबको आयोजनमा उक्त प्रतियोगिता संचालन भएको हरपुर क्रिकेट क्लबका अध्यक्ष सेराजुल अन्सारीले बताए ।प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवनारायण चौधरीले आफुले पहिला पनि हरपुर क्रिकेट कल्बलाई सहयोग गरेको र आउदो दिनमा समेत क्लबलाई आवश्यक पर्ने सामाग्री उपलब्ध गराउने बताए ।त्यसतै कार्यक्रममा बोल्दै नगर उपप्रमुख भोला प्रसाद अधिकारिले हरपुर बाट नै जीतपुरसिमरामा क्रिकेट खेलको चिनारी सुरु भएको र हरपुर क्रिकेट क्लबले हरेक बर्ष ठूलो प्रतियोगिताको आयोजना गर्दै आएकोले उपप्रमुख अधिकारीले हरपुर क्रिकेट क्लबलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।नगर सभामा नै हरपुर क्रिकेट क्लबलाई तारले घेर्नको लागि केहि बजेट बिनियोजन गरेको समेत उपप्रमुख अधिकारीले बताए ।उक्त प्रतियोगिताको समापन समारोहमा जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसाद.वडा न २४ का वडाध्यक्ष सुल्तान अन्सारी,वडा न ८ का वडाध्यक्ष शिवशंकर महतो कोईरि,वडा न ९ का वडाध्यक्ष मोतिलाल राउत अहिर,समाजसेवी अनिल गुप्ता लगाएत क्लबका पदाधिकारी र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस