आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

एपी खबर २०८० फागुन २९, मंगलबार (१ महिना अघि) १०५ पाठक संख्या

काठमाडौँ : कुशल भुर्तेलको अलराउन्डर प्रदर्शनप्रेरित नेपालले हङकङमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ८५ रनको सहज जित निकालेको छ । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ । नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो ।

 

जितको लागि १९९ रनको विशाल विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.१ ओभरमा ११३ रनमा अल आउट भयो । पपुवा न्युगिनीका हिरी हिरीले १९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २८ रन बनाए । टोनी उरा १३ र सेसे बाउ २१ रनमा आउट भए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस