आज:  २०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै मच्छिन्द्र क्लब सेमी फाइनलमा प्रवेश

एपी खबर २०८० चैत्र २७, मंगलबार (३ हप्ता अघि) १७५ पाठक संख्या

सिमरा : विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध संघर्षपुर्ण जीत निकाल्दै मच्छिन्द्र क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमी फाइनलमाप्रवेश गरेको छ । मंगलबार राती सिमरा रङ्गशालामा भएको प्रतिष्पर्धात्मक खेलमा आर्मी विरुद्ध मच्छिन्द्रले १–० को संघर्षपुर्ण जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो । मच्छिन्द्रको जीतमा खेलको ६९ औं मिनटमा शौरभ लिम्बुले एकमात्र निर्णायक गोल गरे । खेलको ६३ औं मिनटमा अभिषेक गुरुङको ठाउँमा मैदान प्रवेश गरेका लिम्बुले आर्मीका गोलरक्षक विकेश कुथुको गल्तीको फाइदा उठाउँदै सहजै गोल गरेका थिए ।

 

सेन्टर लाईनबाट बल अघि बढाएका विमल घर्ती मगरको पासमा सौरभ लिम्बुले डिबक्स बाहिरैबाट बललाई गोलपोष्टको दिशा दिएकाथिए । मच्छिन्द्रको प्रयास रोक्न डि–एरिया बाहिरै आइपुगेकाआर्मीका गोलरक्षक कुथुलाई बिट गर्दै सौरभले सुन्दर गोल गरेका थिए । खेलको ८८ औं मिनटमा मच्छिन्द्रले अग्रता दोब्बर पार्ने मौका गुमायो । आर्मीका डिफेण्डर बिमल पाण्डेले मच्छिन्द्रका विमल घर्तीमगरलाई डिबक्स भित्र लडाएपछि एन्फा रेफ्री उमेश विंडारीले मच्छिन्द्रलाई पेनाल्टी मौका दिएकाथिए। मच्छिन्द्रका देबेन्द्र तामाङको पेनाल्टी प्रहार क्रसबार माथीगयो । खेलको अन्तिम समयमापाएको सो अवसर गुमाउँदा मच्छिन्द्रले अग्रता जोगाउनअन्तिम संघर्ष गर्नु पर्यो ।

राष्ट्रिय टिमका चर्चित अनुहारहरु सिमरा रङ्गशालामा उत्रँदा रङ्गशालामा उपस्थित पाँचहजार बढी दर्शक उत्साहित देखिन्थे । प्रतिष्पर्धात्मक खेलमादुबै टिमले आकर्षक अवसरहरु सिर्जना गरे पनि पहिलो गोलका लागि ६९ मिनटसम्म कुर्नु परेको थियो ।
खेलको म्यान अफदि म्याच मच्छिन्द्र फुटबल क्लबका मनिष डाँगी घोषित भए । उनले १० हजार नगद सहित ट्रफि प्राप्त गरे । बारागढी गाउँपालिकाका अध्यक्ष अशोक जयसवाल र शुभारम्भ कलेजका निर्देशक अनिल चौधरीले म्यान अफ दिम्याचको पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिता अन्तर्गत बुधबार आयोजक नव जन जागृति युवा क्लब सिमरा र नेपाल प्रहरीको विभागीय टोली नेपाल पुलिस क्लबका विच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस