आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘विवाह गर्छु भनी झुठो बोलेर राखिने यौन सम्पर्क बलात्कार हो’

AuthorAP Khabar२०७६ बैशाख १५, आईतबार (५ साल अघि) ४०५ पाठक संख्या

बैशाख १५  यदि कुनै पुरुषको एक महिलासँग विवाह गर्छु भनी फकाएर यौनसम्पर्क गरी वाचा पूरा गरेनन् भने के त्यस्तो यौन सम्बन्धलाई बलात्कार मान्न सकिन्छ भन्ने प्रश्नको जवाफ भारतको सर्वोच्च अदालतले हालै दिएको छ । अदालतले यस्तो कार्यलाई बलात्कार नै ठहर गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

भारतको केन्द्रीय राज्य छत्तिसगढमा एकजना डाक्टरलाई लगाइएको अभियोगको महत्वपूर्ण सुनुवाई गर्दै अदालतले यस्तो निर्णय दिएको हो ।

ती अभियुक्त डाक्टरले ‘विवाह गर्छु’ भन्दै एकजना महिलासँग सहमतिमा यौन सम्पर्क गरेका थिए । तर पछि उनले अर्कै महिलासँग विवाह गरेपछि उनीविरुद्ध पहिलो महिलाले मुद्दा दायर गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस