आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लागुऔषध सहित एक पक्राउ

AuthorAP Khabar२०७५ मंसिर १३, बिहिबार (५ साल अघि) ४०२ पाठक संख्या

AP डेस्क
जीतपुर, मंसिर १३  : ईलाका प्रहरी कार्यालय निजगढले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पुर्वपश्चिम राजमार्गमा चेक जाँच गर्ने क्रममा रुमालमा लुकाएर लग्ने क्रममा निजलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ओखलढुङ्गा पाल्पु गाउँपालिका ८ बस्ने संतोष कार्की रहेका छन् । प्रहरीले कार्कीसंग रहेको डाईजोपाम २४, नुर्फिन २३ र फेनारगन २४ थान बरामत गरेको छ । साथै निजलाई हिरासतमा थप अनुसन्धान भैरहेको जील्ला प्रहरी कार्यालय कलैयाले जनाएको छ ।
यसैगरी जील्ला प्रहर िकार्यालय कलैयाले १३ वर्षदेखि फरार रहेका शम्भु साह कानुलाई हिरासतमा लिई कानुन बमोजिम बिरगंज कराकार चलान गरेको छ ।
बारा जिल्ला आदालत २०६२–३–१ को फैसला सदर हुने भनी सम्मानित सर्वाेच्च अदालतबाट २०६८–२–२४ को निर्णय अनुसार २ वर्ष कैद सजाए रहेको साह फरार रहेको जील्ला प्रहरी कार्यालय बाराले निजलाई मंसिर ११ गते नियन्त्रणमा लिई विरगंज कारागार पठाएको हो ।

प्रतिक्रिया दिनुहोस