आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

खोलामा पानीको बहाव बढेपछि माडी–ठोरी हुलाकी सडक अवरुद्ध

AuthorAP Khabar२०७६ भाद्र ३१, मंगलबार (४ साल अघि) ३४३ पाठक संख्या

भाद्र , ३१ : माडी नगरपालिकामा रहेका अधिकांश खोलामा पानीको बहाव बढेपछि माडी–ठोरी हुलाकी सडक अवरुद्ध भएको छ । रातिदेखि नै परिरहेको वर्षाका कारण खोला बढेर सडक अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय माडीका प्रमुख प्रहरी निरीक्षक हर्क विश्वकर्माका अनुसार मगई, वगई, घाँघर, रतनेलगायत अधिकांस खोलामा पानीको बहाव बढेको छ । बिहानैदेखि खोला बढेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् ।

माडीका अधिकांस खोलामा पक्की पुल निर्माणाधिन अवस्थामा छन् । सडक अवरुद्ध भएसँगै सदरमुकाम भरतपुरको माडी र ठोरीसँग यातायात सम्बन्धविच्छेद भएको छ ।
नारायणी अनलाइन ;

प्रतिक्रिया दिनुहोस