आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मिस वल्र्ड २०१७’ की विजेता मानुषी छिल्लर चलचित्र ‘पृथ्वीराज’ मार्फत् बलिउड छिर्दै

AuthorAP Khabar२०७६ मंसिर ३, मंगलबार (४ साल अघि) ४०९ पाठक संख्या

मङ्सिर ०३ एजेन्सी ।

‘मिस वल्र्ड २०१७’ की विजेता मानुषी छिल्लर चलचित्र ‘पृथ्वीराज’ मार्फत् बलिउड छिर्दै छन् । यशराज फिल्मसले ऐतिहासिक विषयमा निर्माण गर्न लागेको उक्त चलचित्रबाट उनले डेब्यु गर्न लागेकी हुन् ।

चलचित्रमा बलिउड अभिनेता अक्षय कुमारको जोडीका रूपमा उनी देखिँदैछन् । चन्द्रप्रकाश द्विवेदी निर्देशन गर्ने सो चलचित्र सम्राट पृथ्वीराज चौहानको जीवनमा आधारित रहेर निर्माण गर्न लागिएको हो ।

मानुषीले भनिन्, ‘अक्षय कुमार जस्तो स्टारसँग बलिउड अभिनय डेब्यु गर्न पाउनु आफ्ना लागि सम्मान होे ।’ उनले आफ्नो भूमिकाप्रति न्याय गर्ने बताएन् । त्यस्तै, अभिनेता अक्षय कुमारले पनि चलचित्रको मुर्हूतको तस्बिर सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस