आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पञ्च वर्षिय गढीमाईमा विशेष पुजा गरि राँगाको बली दिईयो

AuthorAP Khabar२०७६ मंसिर १७, मंगलबार (४ साल अघि) ६७१ पाठक संख्या

एपी खबर
बरियारपुर, १७ मंसिर : बिस्वमै प्रसिद्ध बाराको वरियारपुरमा लाग्न गढीमाई पञ्चवर्षिय मेलामा आज मंगलबारमा रागा वलि दिईएको छ । गढीमाई देवीको मन्दिर देखि करिब ३ सय मिटर पूर्व रहेको ब्रम्हस्थानमा विशेष पुजा आजा गर्दै मुसा, सुङ्गगुर, बोका, रागाको बली दिएर र तान्त्रिक दुखा धामीले आफ्नो शरिरको ५ स्थानबाट रगत निकालेर चढाएरपछि बली खुलेको हो ।

तान्त्रिक दुखा धामीले आफ्नो शरिरको निधार, कान, जिब्रो, दाहिने छाती, दाहिने तिघ्रा यि ५ अंगबाट रगत निकालि चढाउने प्ररम्परा अनुसार रगत चढाएको मन्दिरका मुख्य पुजारी शिव चौधरीले जानकारी दिनुभयो ।

प्रत्येक पाँच÷पाँच वर्षमा लाग्ने यस गढीमाई पशुबलीका लागि विश्व प्रसिद्ध छ । भक्तजनहरुले भाकल चढाउन बोका, रागा ल्याई भोग चढाउदै आई रहेका छन् ।

श्रद्धालु भत्तजनहरुले बलीका लागि ल्याईएका रागालाई ब्रम्हस्थान संगैको वंधशालामा संकलन गरेका छन् । यसरी संकलन गरिएका रागालाई गढीमाई पुजा ब्यवस्थापन समितिले तोकेका ३ सय जना स्वंयम सेवकहरुलेधारिलो घरेलु हतियार, खुडा, खुकुरी, तरवारले शीर छेदन गरि बली दिईने गरेका छन् ।

यस वर्ष पनि रागा १० हजार भन्दा बढी र बोकाको बली हजारौं संख्यामा हुने गढीमाई पुजा ब्यवस्थापन समितिले जनाएको छ । मंसिर १७ गते मंगलबारबाट दिनभरी रागाको बली चढेको छ भने भोली १८ गते बोकाको बली चढ्ने र परेवा उडाउने तीथि रहेको छ ।

नेपालको तराई र अन्य जिल्लाबाट र भारतबाट यस पुजामा श्रद्धालु भत्तजनहरु लाखौंको संख्यामा पुजा गर्न, भाकल माग्न, भाकल चढाउन आउने गर्छन् । बोका, रागाको बली नदिने श्रद्धालु भत्तजनहरुले परेवा उडाउने गर्छन् भने, नरिवलको पानी गढीमाई देवीलाई अति श्रद्धाका साथ चढाउदै मनले चिताएको कुरा माग्दा मनोकांक्षा पुरा हुने सदियौदेखि जनविश्वास रही आएको छ ।

मेला र पुजालाई ब्यवस्थित बनाउन विभिन्न समिति उपसमिति समेत गठन गरि परिचालन गरेको छ । पुजा गर्न, मेला भर्न आउने तिर्थ यात्रीलाई सुविधाको लागि दुई सय भन्दा बढी स्थानमा ठुला ठुला टेन्ड बनाएका छन् । खानपानीका उचित ब्यवस्थासंगै शौचालयको समेत ब्यवस्थाप गरेको मेला ब्यवस्थापन समितिका महासचिव मोतीलाल कुश्वाहाले जानकारी दिनुभयो ।

अहिंशावादी विभिन्न संघ संस्थाहरुले वलिको विरोध गर्ने गरेसंगै वलि दिई रहेको श्रब्य दृश्य वा तस्विर खिच्न गढीमाई बली ब्यवस्थापन समितिले कडाईका साथ यस वर्ष रोक लगाएको छ ।

मेलामा विभिन्न मोरन्जानात्मक मौतका कुवा, सर्कस, जादु , नाच समेत रहेको छ । यही मंसिर १ गतेबाट शुरु भएको गढीमाई मेला मंसिर महिना भरी लाग्नेछ । त्यसै गरि मेला र भक्तालु , पर्यटकहरुलाई सुरक्षाका लागि बेला अवधिभर नेपाल प्रहरी, सशस्त्र प्रहरी, सादा पोशाकमा प्रहरी खटिने छ ।

मेला अवधिभर डेढ करोड भन्दा बढीले मेला भर्ने अनुमान गढीमाई मेला ब्यवस्थापन समितिको अनुमान छ ।

गढीमाईमा पञ्च वर्षिया वलि यसरी शुरु हन्छ 
तिथि अनुसार मार्ग शुक्ल सप्तमीका दिन मन्दिरका मुल पुजारीले तान्त्रिक विधिद्धारा सेतो मुसा, परेवा, हास, सुङ्गुर र रागा समेतको गरी पन्चवली दिएपछि मन्दीरमा सर्वसाधारणको लागि पनि वली खुल्ला हुने मन्दिरका मुल पुजारी शिव चौधरीले बताउनुभएको छ ।

‘मान्छेको शरिरको ४ अंगबाट रगत चढाईन्छ । जसलाई नर वली भनिन्छ । नर वलिका लागि रौतहट सिम्रीका दुखा धामीले गढीमाईको विशेष पुजा, आराधानासंगै अन्य गढीमाईका मुल पुजारी, पुजारीहरुका साथमा रही आफ्नो शरिरबाट रगत निकाली नर वली स्वरुप रगत चढाउदै आई रहेका छन् ।

‘यस अघि रातीभर पुजा हुन्छ । पुजा, आराधनाको प्रभावले ब्रह्मस्थानमा अचानक आफै बत्ती बल्छ र पञ्चबलि हुन्छ’ — मुल पुजारी शिव चौधरीले सुनाउनुभयो ।

हिन्दू धर्म संस्कृतिमा पशु वलिलाई शक्तिसग जोडेर हेर्ने प्रचलन सदियौदेखि रही आएको छ । शक्तिकी देवीलाई खुसी पार्न वलि अनिवार्य भएको परापूर्वकालदेखि नैं मानिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस