एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेका म्याग्दीका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो । आजगनीबाट टावरका उपकरणमा क्षति पुगेको छ । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले गरेको आगजनी गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
घटनाबारे जानकारी पाएपछि दरबाङबाट प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीको नेतृत्वमा टाेली घटनास्थलमा पुगेको हो । टावरमा आगजनी भएपछि विम, रुम, देवीस्थान, ओखरबोट, दरबाङलगायतका क्षेत्रमा एनसेलको सञ्चार सेवा अवरुद्ध भएको छ ।
प्रतिक्रिया दिनुहोस