चैत १५ धनगढी : सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा उपचारारत रहेका चौथो कोरोनाभाइरस (कोभिड–१९) संक्रमित ३४ वर्षीय नेपाली युवा दुबईबाट दिल्ली हुँदै नेपाल आएको रहस्य खुलेको छ ।
चैत ६ गते फ्लाईट ईमरेट्सको ईके ०१५० नम्बरको उडानबाट दुबईबाट दिल्ली आएका उनी ७ गते शुक्रबार काठमाडौं आएका थिए ।
काठमाडौंबाट धनगढीको सोझो टिकट नपाएपछि उनले विमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरबाट टिकट काटेका थिए ।
दिउँसो १२ बजेको बुद्ध एयरको नियमित उडानबाट नेपालगञ्ज झरेका उनी त्यहाँबाट माईक्रोबस चढेर धनगढी आएको बताइएको छ ।
धनगढी पुगेका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए ।
स्वास्थ्य मन्त्रालयले आज (शुक्रबार) पत्रकार सम्मेलन गरि उनी कोरोना संक्रमण भएको पुष्टी गरेको हो । हाल उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण देखिएको थियो । साथै १ जना उपचारपछि निको भएका छन् भने २ जनाको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल काठमाडौंआ उपचारारत छन् ।
प्रतिक्रिया दिनुहोस