आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘विपन्न लक्षित मानव सेवा कोष’ संकलन गर्न जीतपुरमा समिति गठन

AuthorAP Khabar२०७६ चैत्र १७, सोमबार (४ साल अघि) ४३३ पाठक संख्या

एपी खबर
जीतपुर : कोरोना महामारीको लकडाउनबाट पिडित विपन्न समुदायलायलाई सहयोग गर्न जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा ‘विपन्न लक्षित मानव सेवा कोष’ संकलन गर्न समिति गठन गरीएको छ ।

विश्वब्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरस (कोभिड १९) को कारण नेपााल सरकारले गरेको लक डाउनबाट प्रभावित गरिब तथा विपन्न समुदायलाई सहयोग गर्ने लक्षय सहित जीतपुरमा १५ सदस्य समिति निर्माण गरीएको छ ।

समितिको अध्यक्षमा महमदअलि ठकुराई रहनुभएको छ भने सचिवमा श्रीराम साह, कोषाध्यक्षमा सुनिल गुप्ता रहनुभएको छ । यसैगरी समितिको सदस्यमा अनिल तिवारी, कृष्णा गुप्ता, मनोज साह, चन्दन गप्ता, आयूब खान, नवनित झा, मनोज पासवान, रामनिवास गुप्ता, सुरेश गुप्ता रहनुभएको छ ।

यसैगरी सल्लाहकार समितिमा देवनारायण चौधरी, धनश्याम गिरी, संजय साह, राजुराज गिरी, मनोज गुप्ता, कृष्णब्रत सिहं रहनुभएको छ ।
यस समितिले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का स्थानियहरुलाई ध्यान राखेर नेपाल सरकारको नियममा रहेर काम गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस