आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बेहुली मण्डपमै कुटिइन् !

AuthorAP Khabar२०७५ पौष १०, मंगलबार (५ साल अघि) ४४० पाठक संख्या

तेह्रथुम  , पुष १० :तेह्रथुममा विवाह भइरहेको बेला बेहुली मण्डपमै कुटिएकी छिन् । सोमबार राति १०ः३० बजे विवाह भइरहेको फेदाप गाउँपालिका–३, जलजलेस्थित बेहुलीको घरमा स्थानीयवासी युवाको समूहले आक्रमण गरेको थियो । उनीहरूको कुटपिटबाट बेहुली प्रतिक्षा सम्बाहाम्फे र अन्य तीन जना घाइते भएका छन् ।

प्रहरीले विवाहमा कुटपिट गर्ने १९ वर्षका सरोज लिम्बू, १४ वर्षका ओमन लिम्बू, २१ वर्षका दिनेश लिम्बू, १९ वर्षका सुदीप लिम्बू र १७ वर्षका मन्दिप लिम्बूलाई नियन्त्रणमा लिएको छ । कुटपिटबाट घाइते भएकी बेहुलीको थप उपचारका लागि विराटनगर पठाइएको र अन्य घाइते बेहुलीका दाजु देउमान लिम्बू, सुमन खापुङ र टीकादेवी सम्बाहाम्फेको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जलजलेकी प्रतिक्षाको पाँचथरको फाल्गुनन्द गाउँपालिका–१, नवमीडाँडाका सचिन आङदेम्बेसँग विवाह भइरहेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जनता समाचार

 

प्रतिक्रिया दिनुहोस