जेष्ठ २४ काठमाडौंः आज (शनिबार) राति अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२१ को नतिजा सार्वजनिक गर्ने भएको छ ।
अमेरिकी दूतावासका अनुसार डीभी २०२१ को नतिजा आज राति ९ः४५ बजे सार्वजनिक हुने जनाइएको छ । शुक्रबार अमेरिकी दूतावासले आफ्नो फेसबुक पेजमा भी २०२१ को नतिजा शनिवार सार्वजनिक हुनेबारे जानकारी गराएको हो ।
नेपाली समय अनुसार शनिबार राति ९ः४५ बजे डाइभर्सिटी भिसा (डिभी) २०२१ को नतिजा प्रकाशन हुँदैछ ।
नतिजा थाहा पाउन कृपया शनिबार जेठ २४ रातिको ९ः४५ बजेपछि तपाईंले डिभी भर्दाको समयमा प्राप्त गर्नुभएको कन्फर्मेसन नम्बर प्रयोग गरी हेर्नुहोला । यदि तपाईंले सो नम्बर बिर्सनुभएको छ भनेपनि “Forgot Confirmation Number” मा क्लिक गरी मागेको विवरण दिंदा तपाईंको नतिजा हेर्न मिल्छ ।
प्रतिक्रिया दिनुहोस