आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

धमाधम तलब घटाउँदै बलिउड स्टार

AuthorAP Khabar२०७७ अषाढ १, सोमबार (३ साल अघि) ४११ पाठक संख्या

असार ०१ एजेन्सी : काेरोना भाइरसका कारण साढे दुई महिनादेखि बलिउडको काम ठप्प छ । धेरै फिल्मको सुटिङ र रिलिज अड्काएको छ । जसले गर्दा फिल्मको बजेट पनि प्रभावित भएको छ ।

फिल्म समीक्षकका अनुसार बलिउडलाई तीन हजारदेखि चार हजार करोड रुपैयाँको नोक्सान हुनेछ । यो संकटकालमा फिल्म निर्माताको आर्थिक स्थिति हेरेर बलिउडका केही स्टार आफ्नो पारिश्रमिक घटाउन तयार भएका छन् ।

एक अन्तर्वार्तामा माधुरी दीक्षितले भनिन्, ‘हामीले निर्मातालाई सर्पोट गर्ने बेला भएको छ । हामी सबै ठिक तरिकाले काम शुरू होस् भन्ने चाहन्छौं । त्यसैले हामीले आफ्नो पारिश्रमिक घटाउन जरूरी छ । उद्योग सामान्य रूपले चलोस् भन्ने सोच्ने हो भने पनि हामीले पनि प्रयास गर्नु जरुरी छ । यसका लागि म निर्माताको पक्षमा उभिन तयार छु ।’

बलिउड अभिनेता कार्तिक आर्यनले पनि पारिश्रमिक घटाउने इच्छा व्यक्त गरेका छन् । ‘म कसैको नोकरी खोस्न चाहन्न । ।यसको समाधान खोज्नुपर्छ जसबाट समस्या उत्पन्न नहोस् अनि निर्माता पनि बाँचुन् । फिल्म उद्योग एकसाथ अघि बढाउन र फेरि काम शुरू गर्न जे गर्नुपर्छ म त्यसका लागि तयार छु । सामूहिक रूपमा गरिने निर्णय मलाई मान्य हुनेछ ।’

सान्डको आँख अभिनेत्री तापसी पन्तले भनिन्,‘अहिले कुनै सुटिङ भइरहेको छैन । त्यसैले तलब पनि पाइएको छैन । काम शुरू भएपछि पारिश्रमिक घटाउनुपर्‍यो भने पनि म तयार छु ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस