असार ०८ काठमाडौंः विदेशबाट उद्वारगरि ल्याइएकाहरुलाई लिएर धनगढी जाँदै गरेको बस दुर्घटनामा परेको छ ।
काठमाडौंबाट धनगढीका लागि छुटेको बा ५ ख ८०७० नं.को बस नवलपरासीको चोरमारामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
तीव्र गतिका कारण भएको उक्त दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । बसमा दुवई, कतार र साउँदी अरबबाट आएका १८ जना यात्री सुदूरपश्चिम फर्किरहेका थिए । थप विवरण आउन बाँकि छ ।
प्रतिक्रिया दिनुहोस