असार ११ पोखरा : नेपालमा कोरोनाभाइरस (कोभिड–१९)बाट थप एक जनाको मृत्यु भएको छ ।
कोरोना पोजेटिभ देखिएका स्याङ्जा जिल्ला सिरुवारी निवासी ५५ वर्षीय पुरुषको बुधबार राति ११ः३५ बजे मृत्यु भएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार ती व्यक्तिको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सह प्राडा अर्जुन आचार्यले जानकारी दिए ।
निमोनिया भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
कोरोना पोजेटिभ भेटिएका उनको शव व्यवस्थापनको तयारी भइरहेको छ । यसअघि पनि वालिङका एक पुरुषको कोरोनाकै कारण ज्यान गुमाई सकेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।
प्रतिक्रिया दिनुहोस