आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुकुम्बासिको नाममा ८ बिगहा सार्वजनिक जग्गा निजिकरण

AuthorAP Khabar२०७५ पौष ३०, सोमबार (५ साल अघि) ४१३ पाठक संख्या

AP डेस्क
जीतपुर, पौष ३० : सार्वजनिक जग्गा केहि ब्यक्तिहरुले निजी बनाएको विरुधमा जीतपुरसिमरा उपमहानगरपालिका १९ का स्थानियहरु विरोध प्रदर्शन गर्दै मालपोत कार्यालय घेराउ गरेका छन् ।

बाराको साविक गाविस इन्र्वासिरा हाल जीतपुरसिमरा उपमहानगर–१९ स्थित मथुरापुर टोलमा ११ जनाले करिब ८ विघा ४ कठा ३ धुर जग्गा आफ्नो नाममा गराएको विरुधमा स्थानियहरुले विरोध प्रदर्शन गर्दै मालपोत कार्यालय घेराउ गरेका हुन् ।

सुकुम्बासिको नाममा हुकुम्बासिले पैसाको भरमा गाविस सचिव, मालपोतको कर्मचारी तथा केही पहुचवालालाई मिलाई सो जग्गा आफ्नो नाममा गरेको स्थानियहरुको भनाई छ । स्थानीय श्याम सुन्दर मेनन, सुकली देवी चमइन, नागेन्द्र महरा चमार, चन्द्रिका राउत दुसाद, मदन प्रसाद यादव, सावित्री अहिरिन, हिरालाल राउत, जासो देवी दुसादिन पैसाको चलखेल गरी श्रेष्ता पुर्जा कायम गरी आफनै परिवारको नाउँमा पास गरी चलनचल्ती कायम गराएको देखिएको छ ।

११ जना मध्ये मंसि हजरा दुसाद, तेतरी दुसादिन र छवि हजरा दुसादले श्रेष्ता कायम गराई चलनचल्तीका लागि लागि परेको स्थानीयहरुहरुको आरोप रहेको छ । सुकुम्वासी भएको दावी गर्दै सो जग्गा नाममा पास गराएको स्थानीय रामनाथ पटेलको भनाई छ ।

पहिला देखि नै धार्मिक स्थल छठिमाईको घाट, विद्यालय, सार्वजनिक सडक र केही गरिब तथा विपन्न परिवारले भोगचलनमा रहेका जग्गा स्थानीय ११ जनाले पास गराएको उनीहरुको आरोप रहेको छ । सुकुम्बासीको नाममा जग्गा पास गराउनेहरु गरिब तथा विपन्न नभएर गाउको धनाड्य रहेको पटेलको आरोप छ ।

सार्वजनिक जग्गामा अहिलेपनि धार्मिक स्थल, छठिमाईको घाट, विद्यालय, सार्वजनिक सडक र केही गरिब तथा विपन्न परिवार घरवार रहेको छ ।

यता जग्गाको विषयमा मालपोत कार्यालय सिमरामा मुद्धा रहेको र यस बारे स्थलगत अवलोकन गरी आफुले फैसला गर्ने मालपोत कार्यालय सिमराका प्रमुख मदनप्रसाद गुप्ताले बताउनुभएको छ । उहाँले सुकुम्बासि आयोगले दिएको जग्गा केकसरी निजी भउको भन्ने बारे बुझ्नुपर्ने भएको र आफुहरुसंग क्रमचारीको कमि भएकोले मुद्धालाई हेर्ने समय नपाएको स्विकार गर्दै चाडौँ यसको बारेमा निर्णय हुने जानकारी दिनुभयो ।

सार्वजनिक जग्गा नाममा गराउने मध्ये एक जना श्यामसुन्दर पासवान जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यपालिका सदस्य समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस