आज:  २०८१ अषाढ ३, आईतबार | Sun, 16, Jun, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भरतपुर अस्पतालमा उपचाररत् कोरोना संक्रमितको मृत्यु

एपी खबर २०७७ आश्विन १८, आईतबार ( ३ साल अघि) ३२२ पाठक संख्या

भरतपुर अस्पतालमा उपचाररत् कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनको कालिका नगरपालिका–७ जुटपानी बस्ने ६२ वर्षीय पुरुषको आइतबार बिहान उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

असोज १६ गते साँझ ६ बजे उनलाई कोरोना संक्रमणसहित खोकी, श्वासप्रश्वासमा समस्या भई कोभिड आइसियूमा भर्ना गरिएको थियो ।

यस्तै बाँकेमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेकी एक महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा महेन्द्रनगर–२ कञ्चनपुरका २९ वर्षीया सुत्केरी महिला रहेकी छिन् । सेती अस्पतालमा जुम्ल्याहा सन्तान जन्माएदेखि नै उनमा स्वास्थ्य समस्या देखिएको थियो । उनमा असोज १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस